Comments Add Comment

ऋचा शर्मा

List Grid
ऋचा लेख्छिन्–‘भारतीय मिडियाबाट दुई पैसे नौटङ्कीभन्दा बढी आश छैन’

नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक सञ्जाल तातेको छ । नेपाली सामाजिक सञ्जालमा आमदर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन्। यसले देश र कुनै एक कलाकारको विषयमा बोल्नुपर्दा कसरी नेपालीहरू एक हुन्छन् भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ। नायिका ऋचा […]

ऋचा भन्छिन्–‘नेपाली कलाकार र मोडलमाथि हुने टिप्पणीमा विरोध किन हुँदैन ?’

हिन्दी सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई लिएर प्रयोग भएको अपशब्दको सर्वत्र विरोध भइरहेको छ । नेपाली चलचित्रका कलाकारले पनि यसमा चर्को विरोध गरिरहेका छन् । तर, योसँगै अर्को एक प्रश्न पनि कलाकारहरूले उठाएका छन् । सामाजिक सञ्जालमा नेपाली कलाकारमाथि प्रयोग हुने अपशब्दको विषयमा भने कोही नबोलको भन्दै केही कलाकारले प्रश्न उठाएका हुन् । युटुबमा सार्वजनिक […]

तीन नायिकाको बिहेमाथि समाजशास्त्रीय बहस

५ चैत, काठमाडौं । तीन महिनाजतिको अन्तरालमा नेपाली चलचित्रका तीन चर्चित नायिकाहरु वैवाहिक जीवनमा बाँधिए । नायिका ऋचा शर्माको गत मंसिर २१ गते र प्रियंका कार्कीको गत फागुन १५ गते विवाह भएको हो भने आँचल शर्माको विवाह गत बिहीबार । विवाह कुनै पनि व्यक्तिको निजी विषय हो । तर, सेलिब्रिटीहरुको विवाहमा चाहिँ आममानिसको चासो हुने […]

ऋचा शर्मालाई मातृशोक

नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको निधन भएको छ । ६७ बर्षको उमेरमा रिनादेवीको निधन भएको हो । उनको गएराती निधन भएको हो । नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी […]

ऋचा र दीपेक्षको छल्किएको प्रेम

शनिबार बैबाहिक जीवनमा बाँधिएकी नायिका ऋचा शर्मा र उनका श्रीमान् दीपेक्ष विक्रम राना बिहिबार बेलुकी आयोजित बिहे पार्टीमा रोमान्टिक देखिए । मिडियासँग खुशी साट्दै गर्दा यी दुइले एक अर्कालाई चुम्बन गरे । ऋचा र दीपेक्षले मिडिया र चलचित्रकर्मीकै लागि बिहे भोजको आयोजना गरेका थिए । करिब २ बर्ष लामो प्रेम सम्बन्धमा रहेपछि ऋचाले दीपेक्षसँग बिहे […]

ऋचा र दिपेक्ष भन्छन्–‘हामी एक अर्काको कामलाई सम्मान गर्छौ’

शनिबार बैबाहिक बन्धनमा बाँधिएका नायिका ऋचा शर्मा र लाबिम मलका जनरल म्यानेजर दिपेक्ष विक्रम रानाले बिहिबार काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेका छन् । पार्टीमा मिडियासँग कुरा गर्दै ऋचा र दिपेक्षले एक अर्काको कामलाई सम्मान गर्ने बताए । के तपाई ऋचाले चलचित्र क्षेत्रमा नै काम गरुन् भन्ने चाहनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा दिपेक्षले भने–‘पक्कै पनि हामीले […]

ऋचाको सिउँदोमा सिन्दुर

नायिका ऋचा शर्माले आफ्ना प्रेमी दिपेक्षा विक्रम रानासँग बिहे गरिन् । नायिकाको बिहेमा चलचित्रकर्मी सिमित मात्र उपस्थित थिए । मिडियाकर्मीलाई पनि बिहेको दिनमा प्रवेश दिइएको थिएन । बरु, ऋचा र दिपेक्षले मिडिया, चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि बिहिबार बिहे पार्टीको आयोजना गरेका छन् । ऋचाले बिहेपछि भने आफ्नो सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन् । […]

दीपेक्षसँग ऋचाको बिहे

नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् । आज उनी र दिपेक्ष विक्रम रानाविच बिबाह भएको हो । काठमाण्डौमा आयोजित बिहे समारोहमा निकै नै कम चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । बिहेका ऋचा निकट मानिने केही नायिकाहरु मात्र उपस्थित छन् । ऋचा र दिपेक्ष विगत २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । नायिका ऋचा शर्मा आफैले […]

निश्चलको ‘फर्गो’लाई ऋचा र सुरक्षाको साथ

निश्चल मल्लको अंग्रेजी भाषाको नयाँ पुस्तक ‘फर्गो’ सार्वजनिक भएको छ । नायिकाद्धय ऋचा शर्मा र सुरक्षा पन्तको साथमा लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै नायिका शर्माले लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा भएको बताइन् । उनले भनिन्–‘लेखकको उमेर कम भएपनि पुस्तकमा दम छ । मैले किताबमा परिपक्कता […]

अर्पणको ‘पकेटमा’ अटाइनन् ऋचा

नायिका ऋचा शर्मा र निर्देशक तथा कलाकार अर्पण थापाको प्रेम चर्चाले चलचित्र वृत्त तरंगित छ । तर, नायिका ऋचा शर्मा अर्पण विवाहित भएकाले पनि यस्तो कुरा सोध्नु अगाडि पत्रकारले पनि सोच्नुपर्ने बताउन पछि पर्दिनन् । ऋचा र अर्पणले आधा दर्जन चलचित्रमा एकैसाथ काम गरेकाले पनि उनीहरुबिच प्रेम रहेको खबर फैलिएको हुनसक्छ । तर, जे भएपनि […]

अचम्मको ट्रेन्डः एक करोड कलेक्सनमै केक काट्ने हतारो

केही दिन अगाडि मात्र चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनायो । चलचित्रले १ करोड ग्रस कमाई रिलिजको दोश्रो दिन नै गरेको थियो । चलचित्र ‘कृ’ले रिलिजको पहिलो शनिबार नै १ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्र ‘छक्का पन्जा २’ ले त रिलिजको एक सातासम्म हरेक दिनजसो नै १ करोड ग्रस गर्‍यो । तर, […]

छवी-शिल्पादेखि दिनेश-नम्रतासम्म, कसले कसलाई च्यापेका छन् ?

केही दिन अगाडि एक नायिकाले गुनासो गर्दै भनेकी थिइन्, चलचित्र क्षेत्रमा धेरैका प्रेमी-प्रेमिका हिट छन् । हिट हुनका लागि प्रेम नै गर्नुपर्ने रहेछ क्या हो ? ठट्यौली शैलीमा भने पनि यी नायिकाको भनाइमा पनि धेरै दम छ । किनकी, चलचित्रको दुनियाँमा सम्बन्धको आधारमा पनि काम पाइने कुरामा दुइमत छैन । हुन त, राम्रो काम गर्ने […]

तपाइहरुलाई ‘हेडलाइन्स’ चाहियो नी भन्दै ऋचाले खुवाइन् अर्पणलाई केक

चलचित्र ‘सुनकेशरी’ले नेपाली बक्स अफिसमा १ करोड ग्रस कलेक्शन गरेको भन्दै यसकी निर्मात्री ऋचा शर्मा र निर्देशक अर्पण थापाले केक काटेर खुशियाली साटेका छन् । मंगलबार बेलुकी काठमाण्डौको कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले केक काटेर खुशीयाली मनाए । ऋचाले केक काटेर सबैभन्दा पहिले अर्पणलाई खुवाइन् । अर्पणलाई केक खुवाउँदै ऋचाले भनिन्-‘तपाइहरुलाई हेडलाइन्स चाहियो […]

‘सुनकेसरी’ करोड क्लव नजिक, सिक्वेल बनाउने ऋचाको घोषणा

समिक्षा गतिलो नआए पनि नायिका ऋचा शर्माले निर्माण गरेको हरर फिल्म ‘सुनकेसरी’ लाई दर्शकले रुचाइरहेका छन् । रिलिज भएको तीन दिनमा फिल्म एक करोड कलेक्सनको नजिक पुगेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले अहिलेसम्म करिब ८३ लाख कलेक्सन गरेको ऋचाले जानकारी दिइन् । सोमबारको व्यापारलाई जोड्दा करोड नाघ्ने उनले विश्वास लिएकी छिन् । फिल्मले […]

‘सुनकेशरी’को प्रिमियर, के तर्सायो त फिल्मले ?

नायिका ऋचा शर्माको निर्माण तथा अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘सुनकेशरी’को काठमाण्डौको छाया सेन्टरमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा सहभागी हुन नायिका करिश्मा मानन्धर, बर्षा सिवाकोटी लगायत पुगेका थिए । अष्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको प्रिमियरमा केही फरक गर्ने कोशिश गरिएको थियो […]

चितवनमा ऋचाले भनिन्-‘सुनकेशरी’ जस्तो हरर फिल्म बनेकै छैन’

‘सुनकेशरी’को प्रचारका लागि चितवन पुगेकी नायिका ऋचा शर्माले यस्तो हरर चलचित्र यसअघि नेपालमा नबनेको दाबी गरेकी छिन् । उनले पत्रकारहरुसँग भनिन्-‘नेपालमा यसअघि पनि हरर चलचित्र नबनेका होइनन्, तर त्यती स्तरिय थिएनन् । ‘सुनकेशरी’ हरेक कोणबाट स्तरिय छ ।’ चलचित्रका लागि अहिलेसम्म १ करोड ३० लाख खर्च भएको ऋचाको भनाई छ । उनले, नेपालमा खोजे जस्तो […]

स्कुटीमा यात्रु बोक्दै ऋचा

चलचित्र हेर्न अहिले दर्शक सजिलै हलमा आइपुग्दैनन् । यसैले पनि दर्शकलाई चलचित्रको बारेमा जानकारी दिन निर्माणकर्ताहरुले विभिन्न खालका जुक्ती लगाउन थालेका छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारका लागि यसकी नायिका केकी अधिकारीले घर–घरमा खाजा डेलिभरी गरेकी थिइन् । यस्तै, चलचित्र ‘ह्याप्पी डेज’को प्रचारका लागि ‘रथ यात्रा’ गरिएको थियो भने ‘डमरुको डन्डिबियो’को निर्माण यूनिटले ‘ठ्याक लाउने’ […]

‘सुनकेशरी’ दर्शकले एक्लै हेर्न सक्दैनन्ः ऋचा र अर्पण

जेठ ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’लाई लिएर नायिका ऋचा शर्मा उत्साहित छिन् । पहिलो पटक चलचित्रमा दर्शक तर्साउन तयार भएकी ऋचा भन्छिन्-‘यो चलचित्र दर्शकले हलमा एक्लै हेर्न सक्दैनन् ।’ चलचित्रले सुरुवातमा दर्शकलाई खुबै हसाँउने उनले बताइन् । उनले भनिन्-‘चलचित्रले डर मात्र देखाउँदैन । दर्शकलाई हसाउँछ पनि । पहिलो हाफ त चलचित्रले पुरै हसाँउछ […]

‘कोहलपुर एक्सप्रेस’मा केकीले राम्रो गरिन्, मैले बिगारेँः ऋचा शर्मा

कोहलपुर एक्सप्रेसमा अभिनय गर्दा नायिका ऋचा शर्मालाई निकै धुकचुक थियो, आफ्नो क्यारेक्टर फिल्ममा कस्तो देखिने हो भन्ने । त्यसो त उनले केकी अधिकारीको मित्रताको आधारमा यो रोल गरेको अन्यथा नगर्ने बताउँदै आएकी छिन् । फिल्ममा एक बार गर्लको भूमिका निभाएकी ऋचालाई विवादस्पद मोडेल तिर्सना बुढाथोकीको हाउभाउमा उतारिएको छ । फिल्ममा उनको भूमिकाले दर्शकलाई मनोरञ्जन त […]

‘कोहलपुर एक्सप्रेस’मा पावरफूल केकी, बर्षाले फिल्म हेरेर के भनिन् ?(भिडियो)

नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई सोमबार र मंगलबारको बिदाले ठूलै फाइदा दिएको छ । काठमाण्डौको मप्लिटप्लेक्समा चलचित्र हेर्न दर्शकको उपस्थिती बाक्लो छ । काठमाण्डौ बाहिर कमजोर रहेको चलचित्रको व्यापार काठमाण्डौमा भने पाँचौ दिनसम्म आइपुग्दा पनि सन्तोषजनक छ । नायिका केकी अधिकारीले दर्शकसँग बसेर पाँचौ दिन पनि चलचित्र हेरिन् । उनले भनिन्-‘दर्शकहरुले […]

कोहलपुर एक्सप्रेस: मुम्बई एक्सप्रेसको फितलो फोटोकपी

कोहलपुर एक्सप्रेसले ‘मुड फ्रेस’ बनाउँछ, कथाको विश्वसनीयतामाथि प्रश्न नगर्ने र चरित्र चित्रणलाई तर्कसंगत नमान्ने हो भने । कुनै तडकभडक बिना नै फिल्मले २ घण्टा मनोरञ्जन गराउँछ । रमाइलो गराउन पात्र र प्रवृत्ति तथा प्रसंग र परिस्थितिको बान्की मिलाउने हरसम्भव प्रयास गरिएको छ । तर, यो प्रयास आयातीत छ । मुम्बई एक्सप्रेसबाट । कमल हसनको फिल्म […]