Comments Add Comment

कर्णाली प्रदेश

List Grid
कर्णाली प्रदेशका सबै जिल्लामा कोभिड अस्पताल र पालिकामा उपचार केन्द्र राखिने

१४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । भारतलगायतका देशमा पुनः कोरोना सङ्क्रमण बढ्दै […]

जल, रेल र रज्जु मार्गको सम्भाव्यता अध्ययन गरिने, प्रतिव्यक्ति आय ११४७ डलर

६ चैत, सुर्खेत । कर्णाली प्रदेश नीति तथा योजना आयोगले बिहीबार प्रथम पञ्चवर्षीय योजना (२०७६/७७-०८०/८१) सार्वजानिक गरेको छ । पञ्चवर्षीय योजनामार्फत विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्यसमेत सार्वजनिक गरिएको छ । आयोगले आर्थिक वर्ष ०७५/७६ लाई आधार वर्ष मानेर प्रथम पञ्चवर्षीय योजना तयार पारेको जनाएको छ । ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’को सोच पूरा गर्न १२ […]

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका मातृका खनाल नियुक्त भएका छन् । फागुन २८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले खनाललाई न्यायाधिवक्तामा नियूक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । आठबीस नगरपालिका–२, दैलेखका खनाल लामो समयदेखि अधिवक्ताकारूपमा काम गर्दै आएका छन् । खनाललाई केही दिनमा कर्णाली प्रदेश प्रमुख […]

कर्णाली सरकार सुरक्षित रहेको माओवादी केन्द्रको दाबी

४ चैैत, सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले प्रदेश सरकार नढल्ने दाबी गरेकी छन् । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठकले गरेका निर्णयहरु आधिकारिक एमालेको नभएको भन्दै उनले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरिन् । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय आधिकारिक एमालेको […]

सचिवलाई कारबाहीको माग गर्दै मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

२ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् । सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत […]

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गते

१ चैत, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गतेका लागि बोलाइएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गतेका लागि बैठक बोलाएका हुन् । चैत ४ गते दिउँसो १ बजे बैठकमा उपस्थित हुन म्यासेजमार्फत् जानकारी आएको एमाले प्रदेशसभा सदस्य सुशील थापाले बताए । ‘४ गतेका […]

कर्णाली सरकार र वादी समुदायबीच ५ बुँदे सहमति

२७ फागुन, कर्णाली । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश […]

नेकपा कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रको बोर्ड

२५ फागुन, सुर्खेत । नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेतको बोर्ड टाँगेका छन् । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्न […]

कर्णालीको विकासमा लगानी जुटाउँदै स्थानीय सरकार   

२० फागुन, सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिए । उनले कर्णालीका स्थानीय तहमा स्रोत मात्रै भएर पनि विकास हुन […]

‘कर्णाली प्रदेशमा राज्यले लगानी बढाउन आवश्यक’

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउनु पर्ने बताएका छन् । नगर विकास कोषले बिहीबार सुर्खेतमा आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरिका नगरपालिका प्रमुखहरुलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिएका हुन् । कर्णालीका स्थानीय तहमा स्रोत […]

बुलबुले तालको किनारबाट कर्णाली कोट्याउने प्रयास

२० फागुन, सुर्खेत । ‘कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन्, बैरागीका बाजमन् डुली अगाउँदैन्’ जुम्लास्थित सिँजामा पर्छ बैरागी डाँडा । त्यही डाँडामा बसेर जुम्लीले यही गीत गाउँछन् । र, पोख्छन्, कर्णालीको बैराग अर्थात विरह । कर्णाली नेपालभित्र बग्ने सबैभन्दा लामो नदी । कर्णाली घुमाउरो छ, घुमेर बगेको छ । कर्णाली नदी झै केन्द्रबाट कर्णालीमा आउने हरेक […]

कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै

१६ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले सदन छलेर दुईवटा अध्यादेश ल्याउने  तयारी गरेको छ । फागुन ४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष सफारिस गरिसकेको छ । गत असोज २५ गते सूचना टाँस गरेर प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिएको थियो । तर प्रदेश सभाको हिउँदे अधिवेशन […]

कर्णालीमा किशोरी उमेरमै धेरै गर्भपतन

१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]

कर्णालीका मन्त्रीसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता कागजमै सीमित

१० फागुन, सुर्खेत । भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै विभागीय मन्त्रीहरूसँग करार सम्झौता गरेका थिए । सम्झौताको क्रममा मुख्यमन्त्रीले मन्त्रीहरुलाई भनेका थिए, ‘ढाइ वर्ष बित्यो तर, तपाईंहरुको काम सन्तोषजनक देखिएन । […]

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त

६ फागुन, सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । त्यस्तै आयोगको सदस्यमा सुर्खेतकै भक्तबहादुर खड्का र महिलातर्फबाट हुम्लाकी वसन्तीकुमारी सिंह शाहीलाई नियुक्त गरिएको छ । सिफारिस समितिमा सभामुख राजबहादुर शाही र प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही सदस्य छन् । समितिको सिफारिसमा अध्यक्ष र सदस्यहको नियुक्त गरिएको आन्तरिक मामिला तथा […]

कर्णालीका मुख्यमन्त्री शाहीले गरे सचिवालय हेरफेर

५ फागुन, सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गरेका छन् । उनले बुधबार आफना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले आफनो प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली) र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । विगत तीन वर्षदेखि प्रमुख […]

कर्णाली सरकारको तीन वर्षे उपलब्धि : ८ किलोमिटर सडक कालोपत्रे 

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक […]

कर्णाली सरकारको वार्षिकोत्सवमा कांग्रेस र ओली समूह सहभागी भएनन्

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् । ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । […]

कर्णालीमा द्वन्द्वका घाइतेको उपचारका लागि मन्त्रालय र प्रतिष्ठानबीच समझदारी

३ फागुन, कर्णाली । द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा डा मुनिराज क्षेत्रीको रोहबरमा आइतबार कानुन मन्त्रालयका सचिव शोभाकान्त पौडेल र […]

संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा

२ फागुन, सुर्खेत । संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा आएका छन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस पाँचगते गरेकोे संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध र्‍याली निकालेर प्रर्दशन गरेका हुन् । […]

कर्णालीमा कुपोषण समस्या भयावह बन्दै

२९ माघ, सुर्खेत । विकासका हरेक सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसंख्यक नागरिक गरिबीको रेखामुनी छन् । प्रदेशको गरिबी दर ५१ प्रतिशत छ । कर्णाली आर्थिकरूपमा विपन्न र सामाजिक रूपले पिछडिएको छ । सरकारी तथ्याङ्क केलाउँदा पछिल्ला केही वर्षयता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । प्रदेशमा ४७.८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनाको […]