Comments Add Comment

कर्णाली प्रदेश

List Grid
कर्णालीमा किशोरी उमेरमै धेरै गर्भपतन

१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]

कर्णालीका मन्त्रीसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता कागजमै सीमित

१० फागुन, सुर्खेत । भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै विभागीय मन्त्रीहरूसँग करार सम्झौता गरेका थिए । सम्झौताको क्रममा मुख्यमन्त्रीले मन्त्रीहरुलाई भनेका थिए, ‘ढाइ वर्ष बित्यो तर, तपाईंहरुको काम सन्तोषजनक देखिएन । […]

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त

६ फागुन, सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । त्यस्तै आयोगको सदस्यमा सुर्खेतकै भक्तबहादुर खड्का र महिलातर्फबाट हुम्लाकी वसन्तीकुमारी सिंह शाहीलाई नियुक्त गरिएको छ । सिफारिस समितिमा सभामुख राजबहादुर शाही र प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही सदस्य छन् । समितिको सिफारिसमा अध्यक्ष र सदस्यहको नियुक्त गरिएको आन्तरिक मामिला तथा […]

कर्णालीका मुख्यमन्त्री शाहीले गरे सचिवालय हेरफेर

५ फागुन, सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गरेका छन् । उनले बुधबार आफना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले आफनो प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली) र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । विगत तीन वर्षदेखि प्रमुख […]

कर्णाली सरकारको तीन वर्षे उपलब्धि : ८ किलोमिटर सडक कालोपत्रे 

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक […]

कर्णाली सरकारको वार्षिकोत्सवमा कांग्रेस र ओली समूह सहभागी भएनन्

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् । ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । […]

कर्णालीमा द्वन्द्वका घाइतेको उपचारका लागि मन्त्रालय र प्रतिष्ठानबीच समझदारी

३ फागुन, कर्णाली । द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा डा मुनिराज क्षेत्रीको रोहबरमा आइतबार कानुन मन्त्रालयका सचिव शोभाकान्त पौडेल र […]

संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा

२ फागुन, सुर्खेत । संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा आएका छन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस पाँचगते गरेकोे संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध र्‍याली निकालेर प्रर्दशन गरेका हुन् । […]

कर्णालीमा कुपोषण समस्या भयावह बन्दै

२९ माघ, सुर्खेत । विकासका हरेक सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसंख्यक नागरिक गरिबीको रेखामुनी छन् । प्रदेशको गरिबी दर ५१ प्रतिशत छ । कर्णाली आर्थिकरूपमा विपन्न र सामाजिक रूपले पिछडिएको छ । सरकारी तथ्याङ्क केलाउँदा पछिल्ला केही वर्षयता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । प्रदेशमा ४७.८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनाको […]

कर्णाली प्रदेश सभाको वार्षिकोत्सवमा २६ सांसद अनुपस्थित

२१ माघ, सुर्खेत । कर्णाली प्रदेश सभाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा २६ जना सांसदहरु अनुपस्थित भएका छन् । प्रदेशसभा सचिवालयले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना सांसदहरुको मात्रै सहभागिता देखिएको हो । अघिल्ला वार्षिकोत्सव समारोहमा सबै सांसदहरुको सहभागिता रहने गरेपनि यो वर्ष भने नेकपा विभाजनको असर वार्षिकोत्सवमा देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० सांसदमध्ये […]

दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

१८ माघ, सुर्खेत । दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुराँस गाउँपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी […]

पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत टीयू मैदानमा भइरहेको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए । […]

पीएम कप क्रिकेट : एपीएफ टस जितेर ब्याटिङ गर्दै

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरुभएको छ । खेलमा उपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ । एपीएफले आज पहिलो रोजाइका तीन खेलाडीलाई आराम दिएको छ । आसिफ शेख, प्रदीप ऐरी […]

मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णालीमा वर्षासँगै हिमपात

१० माघ, काठमाडौं । आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको […]

कर्णालीका किसानलाई सूचीकरण गर्न तथ्याङ्क संकलन गरिँदै

५ माघ, सुर्खेत । कर्णालीका किसानहरूको सूचीकरण गर्न तीनै तहका सरकारले किसानको तथ्याङ्क संकलन प्रक्रिया अघि बढाएका छन् । किसानहरूको यकिन तथ्याङ्क भएपछि सबैखाले कृषि क्षेत्रका कार्यक्रमहरु वैज्ञानिक, पारदर्शी र प्रभावकारी हुने भन्दै किसानको सूचीकरण गर्न लागिएको हो । खाद्य सम्प्रभुता ऐनमा भएको व्यवस्थाअनुसार किसान वर्गीकरण गरी किसान कल्याणको काममा आधार रेखा तयार गर्न लागिएको […]

पीएम कप : अनिलको अर्धशतक, आर्मीले कर्णालीलाई दियो १९६ रनको लक्ष्य

४ माघ काठमाडौं । अनिल मण्डलको ८९ रन मद्दतमा त्रिभुवन आर्मीले प्रधानमनत्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १९६ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले टस जितेर पहिले ब्याटिङ गर्दै ४३.१ ओभर सबै विकेट गुमाएर १९५ रन बनाएको हो । अनिलले ११४ बल खेल्दा १४ चौका प्रहार गर्दै ५६ […]

कर्णालीको समृद्धिको आधार नै जडीबुटी : प्रदेश प्रमुख कलौनी

१ माघ, सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशको समृद्धिको आधार नै जडीबुटी भएको बताएका छन् । राष्ट्रिय योग दिवसको अवसरमा वीरेन्द्रनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कलौनीले कर्णालीमा पाइने जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाट नै प्रदेशको आर्थिक समृद्धि हुने बताए । योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको र नियमित योगाभ्यास […]

पीएम कप क्रिकेटका लागि कर्णाली प्रदेशकाे टिम घाेषणा

२७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि कर्णाली प्रदेशकाे टिम घोषणा भएकाे छ । रविन्द जंग शाहीकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीसहित १० […]

कर्णालीका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

२७ पुस, सुर्खेत । कर्णाली प्रदेशका सरकारका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जिन एक्सपर्ट विधिवाट परीक्षण गर्दा आइतबार मन्त्री रावललाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । निर्देशक खड्काका अनुसार कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य […]

कर्णालीमा लगानी सम्मेलनको तयारी थालियो

२४ पुस, सुर्खेत । कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । प्रदेश योजना आयोगको बिहीबार वीरेन्द्रनगरमा बसेको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । विसं २०७८ वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले जानकारी […]

शाही नेतृत्वको कर्णाली सरकार पूर्ण सुरक्षित !

२२ पुस, सुर्खेत । कर्णालीमा प्रचण्ड–माधव समूहका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार पूर्ण सुरक्षित बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद प्रचण्ड–माधव समूहमा गएपछि प्रदेश सरकार पूर्ण सुरक्षित बनेको हो । नेकपा विभाजित भएपछि […]