+
+
Shares

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भयो।
  • प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
  • सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बजेट पेस गर्नेछन्।

२१ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बुधबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?