
२१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुने भएको छ ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २८ वैशाखका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले आह्वान गरेको बजेट अधिवेशनबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पारित हुने कारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
प्रदेश सभाको हिउँदे अधिवेशन १९ चैतमा अन्त्य गरिएको थियो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4