+
+
Shares

कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखालले गरिन् मनोनयन दर्ता 

आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले ललितजंग शाही र एमालेले मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १७:२१

२३ पुस, सुर्खेत । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले ललितजंग शाही र एमालेले मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेस–एमालेको गठबन्धनबाट उनीहरूले बुधबार दिउँसो सुर्खेतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

कर्णाली प्रदेशमा दुई सिटका लागि निर्वाचनमा हुँदैछ । जसमा खस आर्यतर्फ कांग्रेसका कर्णाली प्रदेश सभापति शाही र महिलातर्फ एमालेकी केन्द्रीय सदस्य राखलले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?