News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले २३ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।
- एमालेका ९ र नेकपाका १४ गरी २३ जना सदस्यको समर्थनमा शाहीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी प्रस्तुत गरेका हुन् ।
- तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।
१२ साउन, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् ।
उनले मंगलबार बेलुका प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (मंगलबार साँझ) ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए ।
संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए ।
शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादीबाट बिजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसकेका छन् ।
प्रतिक्रिया 4