+
+
Shares

अर्थमन्त्रीले भने- नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई पुनर्स्थापित गरौं

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उत्पादनमार्फत निर्यात विस्तार गर्ने अर्थतन्त्र निर्माणको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् ।
  • अर्थमन्त्री वाग्लेले लगानी सुरक्षित गर्दै उद्यमशीलता र रोजगारी सिर्जनामार्फत राष्ट्रिय अर्थतन्त्रलाई गति दिन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
  • सरकारले बजेटमार्फत घोषित आर्थिक सुधारका कार्यक्रम, पूँजीगत खर्च वृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुनी संशोधन कार्य तीव्र पारेको छ।

१२ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनर्स्थापित गर्नुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए ।

उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरू तीव्र गतिमा कार्यान्वयन भइरहेको समेत बताए ।

उनले पूँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको बताए ।

उनले भने, ‘बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा कार्यान्वयन गरिनेछ । पूँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार सुधार, वित्तीय क्षेत्र सुधार र लगानी वातावरण सुदृढ गर्ने काम पनि समानान्तर रूपमा अगाडि बढिरहेका छन् । सरकार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ ।’

उनले अगाडि भने, ‘नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्र बनाउनेतर्फ अगाडि बढाऔं । आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्दछ । लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई अब हामी सँगै पुनर्स्थापित गरौँ ।’

उनले थपे, ‘निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ । उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ किनकि निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा हामी स्पष्ट छौं ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिबद्धता दोहोर्‍याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरूलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?