+
+
Shares

सांसदका स्वकीय सचिवको तलब र भत्ता वृद्धि गर्ने विषयमा उदार छौं : अर्थमन्त्री

अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौं,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्ता समयानुकूल बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
  • अर्थमन्त्री वाग्लेले भने, 'अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौं ।'
  • सरकार नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधन र सञ्चालक समितिमा सदस्य संख्या निर्धारण गर्ने विषयमा विधिसम्मत छलफल गर्न तयार रहेको मन्त्री वाग्लेले उल्लेख गरे ।

१ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताएका हुन् ।

फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधाहरूलाई आवश्यक विधि र प्रक्रिया पुर्‍याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उल्लेख गरे ।

‘अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौं,’ उनले भने, ‘त्यस मानेमा यो जुन फिल्ड भिजिटहरुको हुँदाखेरिको भत्ता जस्ता कुराहरु छन् त्यसलाई विधि पुर्‍याएर समयानुकुल बनाउनमा हामी नकारात्मक छैनौं ।’

वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुंग्याउन सरकार तयार रहेको बताए ।

अर्थमन्त्री वाग्लले राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य संख्या कति राख्ने भन्ने विषयमा खुला छलफल गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?