+
+
Shares

ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म अर्थमन्त्रीले बजेटमा फुक्दैनन् : वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् ।
  • उनले ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म बजेटमा कुनै पनि अर्थमन्त्रीले नफुक्ने भन्दै ऋण परिचालन गर्ने विषय बजेटमै स्पष्ट राखिने उल्लेख गरे ।
  • उनले ऋण सहयोग लिँदा देशको हितमा हुने शर्तमा मात्रै लिने गरिएको र यसको म्यान्डेट संसद्ले कार्यपालिकालाई दिएको स्पष्ट पार्नुभयो ।

१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् ।

राष्ट्र ऋण उठाउने विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा उठेका विषयबारे जवाफ दिँदै डा. वाग्लेले अर्थ मन्त्रालयले ऋण परिचालन गर्ने विषय बजेटमा स्पष्ट राखिने भन्दै हरेक पटक अनुमोदन गराउन नपर्ने बताए ।

उनले ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म बजेटमा कुनै पनि अर्थमन्त्रीले ‘नफुक्ने’ बताए । उनले भने, सम्झौता नभइसकेका अथवा, ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभइकन प्राय अर्थमन्त्रीहरुले बजेटमा फुक्दैनन् यो कुरा ।’

यस पटक आफूले वैदेशिक अनुदान ६१ अर्ब र वैदेशिक ऋण २४७ अर्बको लक्ष्य राख्दा लिखित प्रतिबद्धताका आधारमा गरेको दाबी उनले गरे । यसको म्यान्डेट संसदले कार्यपालिकालाई दिएको समेत उनले बताए । ऋण सहयोग लिँदा देशको हितमा हुने शर्तमै लिने गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?