१२ असार, काठमाडौं । रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् ।
रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए ।
पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन ।
केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो ।
तीन दिनमा सम्पन्न गर्ने लक्ष्यसहित असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन छैटौं दिनसम्म लम्बिएको छ।
पुरुष उपसभापति पदमा वाग्ले निर्विरोध भएपनि महिला उपसभापति पदमा सोबिता गौतम, इन्दिरा रानामगर र तोसिमा कार्की दाबेदार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4