News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको तर्फबाट आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
- प्रधानमन्त्रीले सम्हालेको रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसहित विभिन्न निकायको बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले नै दिने भएका छन् ।
- यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसद्मा जवाफ दिएका थिए ।
४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।
रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेकाछन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो ।
तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो ।
यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् । यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।
अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ पनि आजै दिने कार्यसूची छ ।
यसअघि प्रधानमन्त्रीको तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अर्थमन्त्री वाग्लेले नै सुनेका थिए । वाग्लेले नै जवाफ दिएका थिए ।
बजेटको हकमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मा अर्थमन्त्री वाग्लेलाई दिएका हुन् ।
प्रतिक्रिया 4