२९ जेठ, काठमाडौं । नेकपा एमालेका नेताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पत्रकार र सांसदमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । शुक्रबार फेसबुकमार्फत आपत्ति जनाउँदै उनले आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन अर्थमन्त्री वाग्लेसँग आग्रह पनि गरेका छन् ।
नेता ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने भनेका छन् । ‘कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,’ उनले लेखेका छन् ।
आर्थिक विधेयकमा परिवर्तन गरिएका कारण अर्थमन्त्री वाग्लेमाथि प्रश्न उठेको बताउँदै उनले संसद्को अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप समेत लगाएका छन् ।
उक्त परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको दाबीसमेत नेता ज्ञवालीको छ ।
अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको आरोप ज्ञवालीको छ ।
प्रतिक्रिया 4