+
+
Shares

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

‘एकजना अर्थमन्त्री कुर्लिरहेको मैले देखेँ । उहाँको पालामा पनि २४ वटा संशोधनहरू गर्नुभएको रहेछ । बरु ति चाहिँ विश्लेषण योग्य छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:२७

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।

विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताए पनि विगतका कुन अर्थमन्त्रीले त्यसो गरेको हो भनेर नाम भने बताएनन् ।

यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले करका दर हेरफेरको विषयमा छानबिन हुनुपर्ने र त्यो आफूबाट सुरु गरे पनि हुने बताएका थिए । विगतदेखिको समेत हेरेर भए पनि यसपटक भएको करका दर हेरफेरको छानबिन हुनुपर्ने माग राखेका थिए ।

तर, राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री वाग्लेले आफूमथि अनावश्यक प्रश्न उठाइएको दाबी गरे । उनले भने, ‘यी राजद्रोहका विषय होइनन्, यी देशद्रोहका विषय थिएनन् । र, अर्थमन्त्रीले कुटुकुटु रातभरि बसेर कर चलायो के के गर्‍यो भन्ने खालका आरोपहरूप्रति मेरो खेद छ ।’

यस्तो अभ्यास विगतमा पनि भएको उल्लेख गर्दै उनले थपे, ‘गत वर्ष ७३ वटा दरहरू हेरफेर गरिएको थियो ।’

पूर्वअर्थमन्त्री पुनतर्फ संकेत गर्दै डा. वाग्लेले थपे, ‘एकजना अर्थमन्त्री कुर्लिरहेको मैले देखेँ । उहाँको पालामा पनि २४ वटा संशोधनहरू गर्नुभएको रहेछ । बरु ति चाहिँ विश्लेषण योग्य छन् । वस्तुका दरहरू इत्यादि दर्जनौं हेरफेर गरिएको छ ।’

त्यसबेला भएको हेरफेर पारदर्शी ढंगले नभएको आरोप लगाए । आफूले पारदर्शिता कायम गरेको बताए ।

‘मैले त बकाइदा चिठी लेखेर गरेको छु, सांसद ज्यूहरूको हातमा पर्नु भन्दा अगाडि यो सच्याइएको पाना हुनुपर्छ भनेर संसद्का महासचिवलाई चिठी नै लेखेको छु’, उनले भने ।

सांसदहरूको हातमा सच्याइएको पाना परेपछि कमा र फुलिस्टप समेत संशोधन नभएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?