News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयहरूमा अनावश्यक सल्लाहकार नियुक्त गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राज्यको ढुकुटीमा व्ययभार थपिएको टिप्पणी गरे ।
- उनले प्रधानमन्त्री कार्यालयमा २७ र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उठाउँदै आफूले भने केवल एकजना अवैतनिक सल्लाहकार मात्र राखेको जानकारी दिए ।
- अर्थमन्त्री वाग्लेले ‘तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ’ भन्दै व्यङ्ग्यात्मक शैलीमा आफ्नो अडान स्पष्ट पारे ।
१२ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा सल्लाहकारको ठूलो समूह राख्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्यालाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।
बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले राज्यको ढुकुटीमाथि व्ययभार थपिने गरी अनावश्यक सल्लाहकार नियुक्त गर्ने परिपाटीप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफूले भने केवल एकजना मात्र सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले भने, ‘तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ । तर मैले केवल एकजना अवैतनिक राजश्व सल्लाहकार मात्र राखेको छु । भनेपछि यो राजस्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला ।’
प्रतिक्रिया 4