News Summary
Generated by OK AI. Editorially reviewed.- कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले प्रदर्शनकारीहरू विरुद्ध दर्ता गरिएका सबै एफआईआर फिर्ता लिने ग्यारेन्टी बिहार र असम सरकारले दिएको जानकारी दिएका छन्।
- सौरभ दासले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै हिरासतमा लिइएका र गिरफ्तार गरिएका सबै मानिसहरूलाई छाड्ने सरकारी प्रतिबद्धता रहेको उल्लेख गरे।
- सरकारका प्रतिनिधिले केन्द्र सरकार अनि बीजेपी र एनडीए शासित राज्यहरूबाट पनि भोलिसम्ममा ग्यारेन्टीसम्बन्धी सूचना जारी गरिने आश्वासन दिएको उनले बताएका छन्।
कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले बिहार र असम सरकारले प्रदर्शनकारीहरू विरुद्ध दर्ता भएका सबै एफआईआर फिर्ता लिने ग्यारेन्टी दिएको बताएका छन्।
दासले सोसल मिडिया प्लेटफर्म एक्समार्फत भिडियो जारी गर्दै जानकारी दिएका हुन् ।
पार्टीको प्रेस कन्फ्रेन्सपछि सरकारका प्रतिनिधिहरूले आफू र आफ्ना साथीहरूसँग भेटघाट गरेको उनले बताएका छन्।
सौरभ दासले भने, ‘सरकारका प्रतिनिधिहरूसँगको भेटघाट दुई-तीन घण्टासम्म चल्यो। उनीहरूले बिहार र असम सरकारको नोटिफिकेसनको कपी सेयर गरे, जसमा प्रदर्शनकारीहरू विरुद्ध दर्ता भएका सबै एफआईआर फिर्ता लिने ग्यारेन्टी दिइएको थियो।’
‘यसमा भविष्यमा उनीहरू विरुद्ध कुनै एक्सन नलिइने पनि भनिएको छ। साथै हिरासतमा लिइएका र गिरफ्तार गरिएका सबै मानिसहरूलाई छाड्ने कुरा गरिएको छ,’ उनले थपे।
सौरभ दासका अनुसार, उनीहरूले केन्द्र सरकार अनि बीजेपी र एनडीए शासित अरू राज्यहरूका तर्फबाट ग्यारेन्टी सम्बन्धी नोटिफिकेसन भोलिसम्ममा जारी गरिने पुनः आश्वासन दिएका छन्।
‘कुनै पनि प्रदर्शनकारीलाई एक्लो छाडिने छैन। हामी सबै यो लडाइँमा साथ छौँ,'” उनले भने।
प्रतिक्रिया 4