+
+
Shares

कक्रोच पार्टीले भन्यो- हाम्रा माग पूरा गर्न सरकार तयार भयो

प्रदर्शनकारीलाई घर फर्किन आह्वान

‘सरकारले हाम्रा सबै माग पूरा गर्न तयार रहेको बताएको छ । सरकारले हाम्रो दोस्रो माग पनि मानेको छ,’ पत्रकार सम्मेलनमा सौरभ दासले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १८:५९

९ साउन, काठमाडौं । भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी(सीजेपी)ले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले आफ्ना माग पूरा गर्ने सहमति भएको बताएको छ । सीजेपीले प्रदर्शनकारीहरूलाई घर फर्किन पनि आग्रह गरेको छ ।

तेस्रो चरणको वार्तापछि मोदी सरकारका मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग सीजेपीका प्रवक्ता सौरभ दास र आँशुतोष रांकाले संयुक्त पत्रकार सम्मेलन गर्दै सीजेपीका सबै माग पूरा गर्न सहमति जनाएको बताएका छन् ।

‘सरकारले हाम्रा सबै माग पूरा गर्न तयार रहेको बताएको छ । सरकारले हाम्रो दोस्रो माग पनि मानेको छ,’ पत्रकार सम्मेलनमा सौरभ दासले भने । उनले दिल्लीमा मात्र नभई देशभरका प्रदर्शनकारीमाथि दायर भएका सबै एफआईआर फिर्ता लिन सरकार तयार रहेको बताएका छन् ।

‘साथै सरकारले वाचा गरेको छ भविष्यमा सीजेपीका कुनै पनि कार्यकर्तामाथि प्रदर्शनका लागि कारबाही गरिने छैन,’ उनले भने ।

सीजेपीका अर्का प्रवक्ता आँशुतोष रांकाले आत्महत्या गरेका विद्यार्थीका परिवारले एक करोड क्षतिपूर्ति दिने विषयमा पनि सरकार सहमत भएको बताए ।

यसअघि आजै शिक्षामन्त्री धमेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?