+
+
Shares

मंगलबहादुर शाही कर्णालीको पाँचौं मुख्यमन्त्री नियुक्त

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
  • प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
  • शाहीले एमालेका नौ र नेकपाका १४ गरी कुल २३ प्रदेश सभा सदस्यको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

१२ साउन, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन मंगलबारै दाबी पेस गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ । एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् ।

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।

शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?