+
+
Shares

कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीले किन दिए राजीनामा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारका चार कांग्रेस मन्त्रीले सामूहिक रूपमा मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन् ।
  • आलोपालो सरकारको नेतृत्व गर्ने सहमति एमालेले कार्यान्वयन नगरेको भन्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
  • राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योगमन्त्री सुरेश अधिकारी छन् ।

३१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् ।

अधिकारीले आज बिहान बोलाइएको क्याबिनेट बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको जानकारी दिए ।

हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो । तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरुले बताएका छन् ।

अधिकारीले अनलाइनखबरसँग भने, ‘विगतमा हामीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर एमालेले त्यसमा इमान्दारिता नदेखाएकाले आज चारै जनाले राजीनामा दियौं ।’

कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए । सोही अनुसार २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको थियो । सरकारको नेतृत्व राजीवविक्रम शाहले गरेका थिए ।

शाह हाल स्वास्थ्य उपचारको सिलसिलामा बैंककमा छन् । उनी बैंकक जानुअघि नै आफ्नो राजीनामा पत्र संसदीय दलका नेता जीवन शाहीलाई बुझाएका थिए ।

शाहले संसदीय दलका नेता शाहीले राजीनामा दिन भनेपछि दिएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?