+
+
Shares

कर्णाली प्रदेश सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ११:०१
कर्णाली प्रदेश सभा हल

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दै छ । प्रदेश सरकारको बजेट सार्वजनिक गर्नका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आर्थिक सर्वेक्षण र बजेट पेस गर्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष बजेटको आकार बढाएर ३४ अर्ब हाराहारी ल्याइँदै छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशले आर्थिक वर्ष २०८३/८४ का लागि १७ अर्ब २० करोड रुपैयाँभन्दा बढी संघीय अनुदान प्राप्त गर्ने भएको छ । संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत कर्णाली प्रदेशलाई कुल १७ अर्ब २० करोड ८२ लाख रुपैयाँ बराबरको अनुदान हस्तान्तरण गर्नेछ । जुन चालुतर्फ १३ अर्ब पाँच करोड ९ लाख र पुँजीगततर्फ ४ अर्ब १५ करोड रहनेछ ।

संघिय अनुदान, प्रदेशको खर्च हुन नसकेको बजेट गरेर चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष करिब डेर अर्ब बढी बजे ल्याउने तयारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?