+
+
Shares

मधेश सरकारका कर्मचारीको तलब १० प्रतिशत बढ्यो

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १० प्रतिशत बढाउने घोषणा गरेको छ ।
  • सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिन मधेश सरकारले ‘हेल्लो सीएम एप’ र टोल फ्री नम्बर सञ्चालन गर्ने भएको छ ।
  • सरकारले १८ देखि ३५ वर्षका युवा लक्षित सयदिने रोजगार कार्यक्रम र 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ' कार्यक्रम परिमार्जन गर्ने जनाएको छ ।

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।

त्यस्तै अन्य कार्यसम्पादनको आधारमा समेत १० प्रतिशत प्रोत्साहन भत्ता दिने उनले बताए ।

त्यस्तै सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने जनाएको छ । अर्थमन्त्रीले मधेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति सहितको व्यवस्था गर्दै सुशासन कायम गर्ने बताए । त्यसका लागि ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सन्चालनमा ल्याउने अर्थमन्त्री भट्टराईले बताए ।

यसैगरी १८ देखि ३५ वर्षका युवाहरुलाई लक्षित गरी सयदिने रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउन लागेको जानकारी पनि उनले दिए ।

प्रदेश प्रहरी भर्नाका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी उनले गराए ।

मधेश प्रदेश सरकारले विगतमा निकै लोकप्रिय बनेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ भने परिमार्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?