+
+
Shares

कोशी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् भने कोशी प्रदेशले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्नेछ।
  • कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले प्रदेशसभामा करिब ४० अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्नेछन् ।
  • नयाँ बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लागि २ करोड ५० लाख रुपैयाँका योजना समावेश गरिएको छ।

१ असार, विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेस गर्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहरी हुनेछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर मध्यवधि समिक्षामार्फत बजेट अनुमान ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।

आर्थिक वर्ष २०८३–८४ का लागि भने संघबाट आउने अनुदान साढे १६ अर्ब, राजस्व बाँडफाँटबाट १३ अर्ब र आन्तरिक आम्दानी र संचित कोषमा जम्मा भएको रकमलाई आधार मानेर बजेट आकार बढाइएको हो ।

यो वर्ष प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा पाउने याेजनाकाे आकार पनि बढेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लगि २ करोड ५० लाखका दरले योजना समावेश गरेको छ ।

नयाँ बजेटमा सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?