+
+
Shares

मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे

मधेश सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयअन्तर्गत ३ अर्ब ७० करोड विनियोजन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयतर्फ ३ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ ।
  • मधेश सरकारले 'बेटी पढाउ, बेटी बचाउ' कार्यक्रमलाई परिमार्जन गरी 'मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम' बनाएको छ ।
  • धनुषा र सिरहा जोड्ने कमला नदीमा वैकल्पिक पुल निर्माणका लागि मधेश सरकारले बजेट विनियोजन गरेको छ ।

१ असार, जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयअन्तर्गत ३ अर्ब ७० करोड विनियोजन गरेको छ । कृषिमा किसानलाई डिजिटल कार्ड, अनुदान सिधै खातामा, चकला बन्दी खेती गरि विदेशबाट फर्केकालाई स्वरोजगारमा लगाउने, उत्पादन मधेश आत्मनिर्भर देश बनाउने नीति लिएको छ

त्यस्तै मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम परिमार्जन गरी मुख्यमन्त्री महिला स्वरोजगार कार्यमा परिवर्तन गरिएको छ । ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी समृद्ध मधेश’ नारा कायम गरिएको छ ।

त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा बैकल्पिक पुलको लागि मधेश सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुतिको क्रममा आवश्यक बजेट विनियोजन गरेको बताए । नेपाल सरकारबाट बनिरहेको पुल १५ वर्षदेखि अलपत्र छन्

अर्थमन्त्री भट्टराईले प्रदेश सभा बैठकमा आर्थक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?