+
+
Shares

आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो

५४ वर्षीय ट्रुडोले गत शुक्रबार बोस्निया एन्ड हेर्जेगोभिनाविरुद्ध भएको क्यानडाको पहिलो खेल हेर्नुको साटो अमेरिकामा आयोजित उद्घाटन समारोह रोजेका थिए । जहाँ उनकी प्रेमिका पेरीले प्रस्तुति दिइरहेकी थिइन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले देशको पहिलो विश्वकप खेल छोडेर प्रेमिका केटी पेरीको साङ्गीतिक कार्यक्रममा सहभागी भएको आरोपमा आफ्नो बचाउ गरेका छन् ।
  • उनले एक्समा लेखेका छन्, 'कहिलेकाहीँ एउटा सहयोगी प्रेमी हुनुको कर्तव्यले बोलाउँछ। तर म विश्वकपको उपाधि कसले जितोस् भन्ने चाहन्छु, त्यो तपाईंहरूलाई राम्रोसँग थाहा छ।'
  • सन् २०२३ मा १८ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका ट्रुडोले सन् २०२५ को जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

१ जेठ, काठमाडौं । क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशको पहिलो विश्वकप फुटबल खेल छोडेर पप स्टार गर्लफ्रेन्ड केटी पेरीको साङ्गीतिक कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भएपछि बचाउमा उत्रिएका छन् ।

५४ वर्षीय ट्रुडोले गत शुक्रबार बोस्निया एन्ड हेर्जेगोभिनाविरुद्ध भएको क्यानडाको पहिलो खेल हेर्नुको साटो अमेरिकामा आयोजित उद्घाटन समारोह रोजेका थिए । जहाँ उनकी प्रेमिका पेरीले प्रस्तुति दिइरहेकी थिइन्।

यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि आइतबार ट्रुडोले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै स्पष्टीकरण दिएका छन्।

उनले लेखेका छन्, ‘कहिलेकाहीँ एउटा सहयोगी प्रेमी हुनुको कर्तव्यले बोलाउँछ। तर म विश्वकपको उपाधि कसले जितोस् भन्ने चाहन्छु, त्यो तपाईंहरूलाई राम्रोसँग थाहा छ।’

उनले आफ्नो पोस्टको अन्त्यमा क्यानडाको राष्ट्रिय झण्डाको इमोजी पनि राखेका छन्।

सन् १९९४ पछि अमेरिकामा पहिलो पटक आयोजना भएको विश्वकपको लस एन्जलस उद्घाटन समारोहमा केटी पेरी आकर्षणका रूपमा रहेकी थिइन्। उनले शुक्रबार अमेरिका र पाराग्वेबीचको खेल सुरु हुनुअघि आफ्नो चर्चित गीत ‘वन्डर’ गाएकी थिइन्।

ट्रुडो र पेरीबिचको सम्बन्धको चर्चा पहिलो पटक सन् २०२५ को जुलाईमा सुरु भएको थियो भने सोही वर्षको डिसेम्बरमा उनीहरूले आफ्नो सम्बन्धलाई आधिकारिक रूपमा पुष्टि गरेका थिए।

ट्रुडोले यसअघि सञ्चारकर्मी सोफी ग्रेगोइरे ट्रुडोसँग १८ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्दै सन् २०२३ मा डिभोर्स गरेका थिए।

उनीहरूका तीन सन्तान छन्। ट्रुडोले सन् २०२५ को जनवरीमा लिबरल पार्टीको नेताबाट राजीनामा दिँदै आफ्नो ९ वर्ष लामो प्रधानमन्त्रीको कार्यकाल अन्त्य गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?