+
+
Shares

ऊर्जा संकटसँग जुध्न क्यानडाको युक्रेनलाई २० मिलियन डलर सहयोग

रुससँगको जारी युद्ध र प्राकृतिक प्रकोपका कारण क्षतविक्षत भएको युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि क्यानडाले २० मिलियन क्यानेडियन डलर (करिब १४.४ मिलियन अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाले युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि २० मिलियन क्यानेडियन डलर आर्थिक सहायता दिने निर्णय गरेको छ।
  • युक्रेनी उप-प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले उक्त रकम 'युक्रेन इनर्जी सपोर्ट फन्ड' मा जम्मा गरिने जानकारी दिएकी छन्।
  • युक्रेनमा सन् २०२५ को अन्त्यदेखि ऊर्जा आपूर्तिमा समस्या देखिँदै आएको र दैनिक विद्युत कटौती भइरहेको छ।

१९ चैत, काठमाडौं । रुससँगको जारी युद्ध र प्राकृतिक प्रकोपका कारण क्षतविक्षत भएको युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि क्यानडाले २० मिलियन क्यानेडियन डलर (करिब १४.४ मिलियन अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

युक्रेनी उप-प्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्भिरिडेन्कोले आफ्नो टेलिग्राम च्यानलमार्फत क्यानडाको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै उक्त रकम ‘युक्रेन इनर्जी सपोर्ट फन्ड’ मा जम्मा गरिने जानकारी दिएकी छन्।

युक्रेनमा सन् २०२५ को अन्त्यदेखि नै ऊर्जा आपूर्तिमा गम्भीर समस्या देखिँदै आएको छ। अत्यधिक चिसो र युद्धका कारण ऊर्जा पूर्वाधारमा पुगेको ठूलो क्षतिका कारण देशको ऊर्जा क्षेत्रमा ‘संकटकाल’ घोषणा गरिएको छ। हाल धेरै क्षेत्रहरूमा दैनिक रूपमा कैयौँ घण्टा विद्युत कटौती भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?