+
+
Shares

कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते ११:१६

१२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बुधवार एक सूचना जारी गर्दै जुम्लाबाहेक प्रदेशका ९ जिल्लामा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए ।

‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?