+
+

युवाले संकल्प गरे कर्णालीको परिचय बदलिन्छ : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १६:१९

११ माघ, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवाहरुले संकल्प गरे कर्णालीको परिचय बदलिने बताएका छन् ।

वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताए ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औंल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ चाहान्छु’ उनले भने, ‘मैंले कहिल्यै कर्णालीको शीर निहुर्‍याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु ।’

मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरुलाई आग्रह समेत गरे ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुलाई निराशाको खेती गरेर नागरिकलाई पछि नधकेल्न आग्रह गरिन् । ‘राज्यले के गरेको छ ? भनेर निराशा छर्ने काम भएको छ, अव यूवाले सम्भावना र संमृद्धिको सञ्चार गर्न आवश्यक रहेको छ।’

उनले कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पुरा गरेको उदाहरण प्रस्तुत गरिन् । मेयर ढकालले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा नलाग्न युवाहरुलाई आग्रह समेत गरिन् ।

राम्रा पक्षलाई उजागर गर्न र गल्ती कमजोरीलाई सच्याउ उनले आग्रह समेत गरिन् । ‘अहिलेको युवाहरुमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्, घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सिर्जनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ, ढकालले भनिन्, ‘जो व्यक्तिको मनमा सँधै निरासा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रुपान्तरण सम्भव हुँदैन, आशावादी हुनुपर्छ ।’

साथै नगर प्रमुख ढकालले विदेश सोचेजस्तो नभएकाले युवाहरुले विदेश मोह त्याग्नुपर्ने सुझाव दिँदै भनिन्, ‘आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर युवाले केही पाउँदैनन् यस्तो प्रवृत्तिले देशको पनि विकास हुँदैन् ।’

परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा शुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ ।

महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका विषयमा प्रेरणादायी सत्रहरु समेत सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?