
९ जेठ, सुर्खेत । एमाले सांसद विनोदकुमार शाहले कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
शाहले प्रदेश प्रमुख तिलक परियारबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यसअघि शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री यामलाल कँडेलले आजै पुनः कृषि मन्त्रीमै नियुक्त गरेका थिए ।
गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिंदा मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए ।
तर शाहले आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए । शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो ।
मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई २ जेठमा मन्त्रिपरिषद्बाट हटाउँदै उक्त मन्त्रालय आफूसँगै राखेर थिए ।
अहिले मुख्यमन्त्री कँडेलले पुनः शाहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रतिक्रिया 4