
News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशले १५ जेठमा गणतन्त्र दिवस मनाएको छ।
- समारोहमा मुख्यमन्त्री यामलाल कँडेल र अन्य वरिष्ठ नेताहरूले सहभागिता जनाएका थिए।
- यस दिवसको अवसरमा तीनवटा कार्यक्रम आयोजना गरिएको थियो।
१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पनि १८औं गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारको आयोजनामा बिहीबार बिहान प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य बजारमा र्यालीसहित एक समारोहको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो ।
समारोहमा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, प्रदेशका सबै मन्त्रीहरू, सत्तारुढ दल कांग्रेसका नेता जीवनबहादुर शाही, प्रदेश सभाका सम्पूर्ण सदस्यहरु, उच्च पदस्थ कर्मचारी, व्यापारी, बुद्धिजीवी, सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
नेपालमा १५ जेठ २०६५ सालमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।
कर्णाली प्रदेश सरकारको उक्त दिवसको अवरमा तीन विभिन्न कार्यक्रम गर्दै मनाउने यसअधि नै निर्णय गरेको थियो ।
प्रतिक्रिया 4