+
+

नागरिकलाई सत्य सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १५:०३

२६ पुस, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले लुकाउनु पर्ने कुनै सूचना नभएको बताएका छन् ।

शुक्रवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबिचको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सूचना लुकाउने गरी कुनै पनि काम नगरेको बताएका हुन् ।

उनले सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य हुने बताए। ‘जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनु पर्छ, उनले भने, ‘सही सूचना दिँदा कहाँ कसले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने स्थिति रहन्छ ।’

कार्यक्रममा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिन मुख्यमन्त्री कँडेलले निर्देशन समेत दिए ।

प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरेर समाजमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्ने काममा लागेको उनले बताए । कँडेलले सरकारले गरेका राम्रा कामको सहीरूपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?