+
+

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १०:४९

१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसपटक असोज ३० गते र कात्तिक १ गते दुई दिन पूर्णिमा परेको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज प्रदेश भर बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
आज प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?