+

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि

२०८१ मंसिर  २१ गते १९:२१ २०८१ मंसिर २१ गते १९:२१
दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि

२१ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए ।

यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय