Comments Add Comment

गणेश लामा

List Grid
३ हजार जरिवाना तिरेर छुटे गणेश लामा

२८ जेठ, पोखरा । गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न […]

गणेश लामाको गिरफ्तारीप्रति काभ्रे काँग्रेसको भर्त्सना

२८ जेठ, काठमाडौं । बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ । काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र […]

गणेश लामा पोखराबाट पक्राउ

२७ जेठ, पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए […]

मनाङे-लामा सम्बन्धः गुरू-चेला !

३१ असोज, काठमाडौं । नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् । गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको […]

गौशाला गोलीकाण्डः अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

२३ चैत, काठमाडौं । गुन्डा नाइके गणेश लामाको हातहतियार तथा खरखजना सम्बन्धी मुद्दाको अनुसन्धान पूरा गरेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । यसअघि गत ३० फागुनमा गौशालास्थित होटल पशुपति भिजन अगाडि गोली चलेको थियो । त्यसलगत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले ७.२२ एमएमको पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित लामालाई पक्राउ […]

गणेश लामाको साथबाट बरामद भएको पेस्तोलबाटै गौशालामा गोली चलेको पुष्टि

१८ चैत, काठमाडौं । दुई साताअघि पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ । पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले पुष्टि गरे । यसअघि नै खोका र लामाबाट बरामद भएको बुलेटको […]

गणेश लामाको बयान सकियो, थप १० दिन थुनामा राख्न अनुमति

१२ चैत, काठमाडौं । दुई साताअघि गौशालाबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामाको बयान सकिएको छ । बयानमा उनले त्यो आफ्नो पेस्तोल नभएको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा भएको बयानका क्रममा लामाले ‘दुई जना युवकले गोली प्रहार गरेपछि मैले प्रतिकार गर्दै पेस्तोल खोसेको हुँ’ भनेका छन् । उनले […]

विजय गच्छदारको प्रश्न : गणेश लामालाई किन खेदेको ?

७ चैत, काभ्रे । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले गुण्डा नाइके गणेश लामाले नराम्रो गतिविधि छाडिसके पनि प्रहरीले नियोजित रुपमा हत्या प्रयास गरेको आरोप लगाएका छन् । बुधबार नेपाली कांग्रेसले काभ्रेमा गरेको कार्यक्रममा उनले ७ वर्षदेखि लामा नराम्रा गतिविधि छाडेर सामाजिक र राजनीतिमा सक्रिय रहे पनि प्रहरीले जबर्जस्ती डन र अपराधी बनाइरहेको दावी गरे । […]

गणेश लामालाई रिहा गर्न सरकारसँग कांग्रेसको माग

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस काभ्रेका सभापति  मधु आचार्यले अाफ्नो पार्टीका निर्दोष नेतामाथि झुठो अारोप लगाएर पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेका हुन् । ‘निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ,  यो दुःखद् […]

प्रहरी अनुसन्धानमा गुण्डा नाइके लामाको असहयोग

१ चैत, काठमाडौं । गौशाला गोलीकाण्डमा पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाले प्रहरी अनुसन्धानमा असहयोग गरेका छन् । तर, प्रहरीले भने जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ । कांग्रेस नेतासमेत रहेका लामा बिहीबार राति गौशालाबाट चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका […]

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा […]

डन गणेश लामा युवा संघ उपाध्यक्ष चन्द्र लामासँग पराजित

२४ मंसिर, धुलिखेल । गुण्डा नाइके गणेश लामा प्रदेशसभा सदस्यमा पराजित भएका छन् । काभ्रे निर्वाचन क्षेत्र १ को ‘ख’ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका गणेश लामा एमालेका चन्द्र लामासँग पराजित भएका हुन् । एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामा २४ हजार ४४७ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गणेश लामाले […]

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

  १५ कात्तिक, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएका छन् । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् । लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह […]