Comments Add Comment

चितवन

List Grid
चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

२२ पुस, चितवन । चितवनमा गैंडाको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा मंगलबार गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीका मोटरसाइकलसहित चारजना पक्राउ

२२ पुस, चितवन । मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार बिहान पत्रकार सम्मेलन गरी चोरोका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय […]

कृषि विश्वविद्यालयको रजिष्टारमा थपलिया र सेवा आयोगमा मिश्र नियुक्त

२१ पुस, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्टारमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी छिन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थपलियालाई रजिष्टारमा नियुक्त गरेका हुन् । थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टारको रुपमा काम गरिसकेकी थिइन् । गएको माघ १२ गते प्रा.डा. […]

चितवनमा कृष्णसार ल्याउन अध्ययन शुरु

१९ पुस, काठमाडौं । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण […]

चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला प्रचण्ड-माधव पक्षले फोडे

११, पुस, चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् । भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् । साविक एमाले […]

नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले […]

चितवनमा फैलिँदै तोरी क्षेत्र

४ पुस, चितवन । चितवनमा २०/२५ वर्षअघि निकै खस्किँदै गएको तोरीको उत्पादन पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष तोरीको क्षेत्रसहित उत्पादन पनि वृद्धि भएको हो । आर्थिक वर्ष २०५२/०५३ सालतिर जिल्लामा तोरीको उत्पादन दयनीय अवस्थामा घट्यो । तोरीमा लाग्ने रोग किरा र जमिनको […]

चितवनमा अवैध औषधिसहित ८ जना पक्राउ

१ पुस, चितवन । चितवन प्रहरीले ३१ लाख मूल्य बराबरको अवैध औषधिसहित ८ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माडी नगरपालिकाको विभिन्न ठाउँबाट ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको अवैध औषधि बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) भरतपुर पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न […]

‘चितवनमा अर्को वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्छ’

२९ मंसिर, चितवन । चितवनको भरतपुर १५ मा देशकै गौरवको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी छ । धुर्मस–सुन्तली फाउण्डेशनले बनाइरहेको रंगशालाको मूल गेट नजिक नमूना क्रिकेट मैदान तयार छ । यही मैदानमा राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भैरहेको छ । यहाँ प्रतियोगिता हुँदा खेलाडीहरुले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला देख्ने, […]

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्युु

२६ मंसिर, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको परिचय खुलेको […]

चितवनको कारागारमा बिरामी नै बिरामी

२३ मङ्सिर, चितवन । चितवनको कारागारमा धेरै कैदी बन्दी बिरामी पाइएका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर, नवलपरासी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका […]

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा कम

१९ मंसिर, चितवन । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा कम रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मंसिर ११ गते यता सक्रिय संक्रमितको संख्या ५ सयबाट घटेर बिहीबारसम्म ४५८ पुगेको छ । अहिले होम आइसोलेसनमा ४१९, संस्थागत आइसोलेसनमा […]

भरतपुरबाट कैदी फरार प्रकरण : दुई जना प्रहरी निलम्बित

१८ मंसिर, चितवन । भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । गएको मंसिर ११ गते साँझ ५.३० बजेको समयमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । श्रेष्ठले भलिबल खेल्ने नेटको जाली खोलेर […]

घुमाउने घाटको पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती

१६ मंसिर, चितवन । दुई वर्षअघि नै ठेक्का लागेको तनहुँ र चितवन जोड्ने घुमाउनेघाटको पुल निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको छ । २०७५ माघदेखि सुरु भएको पुल निर्माण दुई वर्ष वित्दा पनि जमिनबाट माथि उठ्न सकेको छैन । सो पुल डिजाइन एण्ड विल्डका आधारमा निर्माण गर्ने गरी हेटौंडाको मृत सञ्जिवनीलाई ठेक्का दिइएको हो । ठेकेदार कम्पनीले […]

चितवनमा एक अर्ब लगानीमा पोलिस्याक उद्योग खुल्दै

१६ मंसिर, चितवन । चितवनमा झण्डै एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटस्थित भँगेरीथान नजिक दुई विगाह जमिनमा उद्योग स्थापना गर्न लागिएको हो । आशिर्वाद पोलिस्याक इन्डस्ट्रिज नाम दिइएको उद्योगबाट ६ महिना पछि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । उद्योगले पीपी बोरा, त्रिपाल र फेब्रिक उत्पादन […]

चितवनमा १० महिनाको अवधिमा ६७ एचआईभी संक्रमित थपिए, १६ को मृत्यु

१६ मंसिर, चितवन । चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् । मृत्यु हुनेमध्ये एक संक्रमित पुरुषलाई कोरोना भाइरसको संक्रमणसमेत भएको थियो । भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)का अनुसार गएको […]

भरतपुर अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु

१२ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको हो । भरतपुर–१७ का वृद्ध यही मंसिर ५ […]

चितवन पुगेका पूर्व युवराज पारसको स्वास्थ्यमा समस्या

१० मंसिर, चितवन । चितवनमा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । अहिले उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् । मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो । शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको […]

चितवनमा खेतीपातीमा यन्त्रको प्रयोग बढ्दो

९ मङ्सिर, चितवन । चितवनमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्कोतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना […]

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

९ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो । मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई […]

चितवनमा ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

९ मंसिर, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो । ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको […]