६ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा चितवन एफसीसँग २-० ले पराजित हुँदै झापा एफसी स्तब्ध भएको छ ।
चितवन एफसीका रफिक अमिनुले २ गोल गरेपछि दशरथ रंगशालामा झापा स्तब्ध भएको हो । यो खेल जितेको भए झापाको प्ले अफमा स्वत छनोट हुने थियो । जितले उसको दोस्रो हुने समीकरण समेत बन्ने थियो ।
तर यो हारले झापाको प्ले अफ संकटमा परेको छ । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमै कामय छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।
झापाका अन्जन विष्टले ८२औं मिनेटमा हानेको पेनाल्टी चितवनका किपर विशाल श्रेष्ठले बचाएका थिए ।
तस्वीरहरू : विकास श्रेष्ठ/ अनलाइनखबर
प्रतिक्रिया 4