Comments Add Comment

चुरे क्षेत्र

List Grid
के नेपाल सरकार चुरेमा वीरप्पन जन्माउन खोज्दैछ ?

‘महिला वा पुरुष अधिकांश मानिस आफ्नो अधिकारको वस्तु वा सेवा अर्काले छिनेर लिन्छ कि भन्ने त्रासमा रहन्छन्’ भनेर बर्ट्राण्ड रसेलले ठीक भनेका थिए । संसारमा भएका अधिकांश द्वन्द्व मानिसको यही मनोवैज्ञानिक कारणले भएका हुन् । नेपाल सरकारले २०७८/७९ को बजेट वक्तव्य मार्फत ढुंगा, गिट्टी निर्यात गर्ने रणनीति सार्वजनिक गरेपछि रसेलको यो भनाइ नेपालको सन्दर्भमा दुरुस्तै […]

चुरे संरक्षण समिति : १० अर्ब खर्चिएपछि चुरे विनाशकै पक्षमा !

२४ जेठ, काठमाडौं । राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समिति ढुङ्गा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारी निर्णयको बचाउमा देखिएको छ । समितिका अध्यक्ष डा.किरण पौड्यालले चुरेबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कुरा बजेटमा उल्लेख नभएको भन्दै सञ्चारमाध्यामले जबर्जस्ती त्यसविपरीत खबर सम्प्रेण गरिरहेको आरोपसमेत लगाए । ‘टाउको दुखेको बिमारीलाई खुट्टा नै दुखेको हो भनेर जबरजस्ती […]

चुरे मधेशका लागि पानी जम्मा गर्ने ट्याङ्की

चुरेलाई नेपालको पहाडहरूमध्ये सबैभन्दा कान्छो पहाड भनिन्छ । तराई सकिएर उठेको पहिलो तथा महाभारतबाट ओर्लिंदा अन्तिम पहाडका रूपमा चुरे छ । पश्चिममा पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै पूर्वमा भारतको ब्रहृमपुत्र नदीसम्म फैलिएको चुरे पर्वत शृंखला हो । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा झण्डै ८०० किमी अर्थात् नेपालको कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा […]

धनुषामा रोकिएन चुरे दोहनः संरक्षण क्षेत्रबाटै अवैध उत्खनन्

२४ असार, जनकपुर । सरकारले राष्ट्रपतिकै नेतृत्वमा चुरे क्षेत्रमा संरक्षण अभियान चलाइरहेको छ । तर धनुषा जिल्लामा राज्यका निकायकै मिलोमतोमा राष्ट्रपति चुरे संरक्षण क्षेत्रमै अवैध रुपमा क्रसर उद्योगहरु सञ्चालन भइरहेका छन् । सरकारले अर्वाैं लगानी गरेर चुरे क्षेत्र सरंक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको समयमा जिल्ला विकास समिति धनुषा र जिल्ला प्रशासन कार्यालयको मिलोमतोमा चुरे क्षेत्र […]