Comments Add Comment

छाउपडी

List Grid
बझाङमा छाउगोठ भत्काइएपछि ओढार र चौरमा बास

२६ मङ्सिर, बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिकाले चारपटकसम्म छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भनिन्, ‘छाउगोठमा […]

काठमाडौंमै छाउपडी !

हाल त कोरानाको कहरले हामी घरकै चौघेराभित्र कैदी भएका छौं । कतै नहिँडेपछि घटनाक्रम नदेख्नु र नभोग्नु स्वाभाविकै हो । तर, लकडाउनअघिकै कुरा यहाँ सेयर गर्न गइरहेकी छु । कामविशेषले एकजना चिनजानकी दिदीकहाँ गएकी थिएँ । उहाँ आफ्नै घरको एउटा कोठा धमाधम खाली गरिरहनुभएको थियो । मलाई लाग्यो, भाडा लगाउनलाई होला । सोधें, दिदी कोठाभाडा […]

दैलेखमा दुई दिनमा भत्काइयो ९३ छाउगोठ

२३ पुस, दैलेख । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ । जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ […]

कुन छाउगोठ भत्काउने ? बच्चालाई के सिकाउने ?

‘सर, म अलि हतारमा छु, छोरीलाई खाना खुवाएर विद्यालय पठाउनुपर्ने हो, पछि गफ गराैंला है ।’ सधैंजसो फुर्सदिला देखिने एक हितैसी मित्रले यस्तो कुरा गरेपछि प्रश्न सोधिहाल्न मन लाग्यो ‘किन ? म्याडम कतै बाहिर जानुभएको छ र ?’ मित्रको उत्तर थियो ‘हैन यतै छिन् छन त । तर, मिन्स भा’छिन् ।’ साथीको यो उत्तरले एक […]

छाउपडी प्रथा : कानूनको होइन चेतनाको अभाव

७ माघ, डोटी । डोटी, बडीकेदार गाउँपालिका-१ की मुना मटेलीले गाउँपालिकाभित्र छाउपडी प्रथा कायमै रहेको बताइन् । उनले अहिले पनि गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउ गोठमै सुत्नु पर्ने अवस्था रहेको बताइन् । जनप्रतिनिधि महिलाहरुसमेत गाउँ गोठमै बस्ने गरेको उनको दावी छ । देउता रिसाउने डरले उनीहरु छाउगोठमा बस्न वाध्य […]

बझाङमा झाँगिएको छाउपडी प्रथाः बस्ने ठाउँ मात्र होइन, हिँड्ने बाटो पनि अलग्गै

२५ असार, बझाङ । ‘छाउपडी’ प्रथाबारे जनचेतना जगाउन हिँडेकी मेलबिसौना स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी (अनमी) अनिताकुमारी सिंह आफैंले महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जंगलमा रहेको छाउ गोठमा रात बिताउनुपर्‍यो । गत वर्ष वैशाखमा महिनावारी स्वच्छतासम्बन्धी तालिम दिन तल्कोट गाउँपालिकाको लोकण्ड गाउँमा गएको बेला उनले भोगेको पीडा हो यो । यो गाउँ जिल्लाको उत्तरी हिमाली भू-भागमा […]

मर्नुअघि छाउपडी हटेको हेर्ने ‘धामी’को धोको

३१ साउन, डडेल्धुरा । मध्य तथा सुदूरपश्चिममा जरो गाडेको कुप्रथा छाउपडी आनुधिक नेपालको चुनौतिको रुपमा देखिएको छ । सरकारी तथा गैेरसरकारी अनेक प्रयासका बाबजुत छाउपडी नियन्त्रण हुन सकेको छैन । लामो समयदेखि सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको ठूलो लगानीका कारण छाउपडी प्राथा नियन्त्रणमा आएको दावी गरिन्छ । तर, अशिक्षा र अन्धविश्वासले जकडिएको समाजमा एजनिओ, आइएनजिओको […]