Comments Add Comment

जनकराज दाहाल

List Grid
गृह प्रवक्ताको जिम्मेवारी दाहाललाई

५ वैशाख, काठमाडौं । गृह मन्त्रालयको प्रवक्तामा सहसचिव जनकराज दाहाल तोकिएका छन् । गृह मन्त्रालयले गर्ने काम कारबाहीसम्बन्धी सूचना प्रवाहका लागि उनलाई प्रवक्ता तोकिएको हो । यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो । दाहालले गृहमा जानुअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।

‘प्रतिकार्यमा लाग्दालाग्दै परिवारै संक्रमित भयो’

८ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा हुनुअगावै जनकराज दाहालले प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकको राजधानी काठमाडौंको कमाण्ड गरिरहेका थिए । सिंहदरबारसँग नजिक रहेर चैतबाटै महामारीविरुद्धको लडाइँमा खटिएका उनी स्वयम् १३ कात्तिकमा कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भए । सर्वसाधारणलाई महामारीविरुद्ध सचेतना फैलाउँद‌ै प्रतिकार्यमा समेत खटिइरहेका बेला उनी आफैं कसरी संक्रमित भए ? […]

उपत्यकाको नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल

२१ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए । ‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे […]

‘निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’

३ भदौ, काठमाडौं । कोरोना महामारी रोकथामका लागि १२० दिनसम्म लकडाउन गरेपछि जनजीवन सामान्य हुन थालेको थियो । तर ६ साउनमा लकडाउन खुलेसँगै संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । अहिले सरकारले देशव्यापी लकडाउन त गरेको छैन तर, संक्रमण बढी देखिएका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने नीति लिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला […]

झापाको समस्या : कीर्ते नागरिकतादेखि गोरु तस्करीसम्म !

२६ वैशाख, झापा । भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको झापा जिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । ताप्लेजुङ, पाँचथर र इलाम, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट सुविधा खोज्दै बसाईं झर्नेहरु झापामै आएर ठोकिन्छन् । त्यतिमात्र होइन, विगतमा भूटानी शरणार्थीलाई पनि झापाले नै व्यहोर्नुपर्‍यो । कैयौं भूटानीले नेपाली नागरिकता नै बनाए । भुटानमात्र […]