Comments Add Comment

झापा

List Grid
झापामा पनि कोभिड विशेष अस्पताल बन्दै

१० जेठ, झापा । जिल्लामा कोभिड-१९ विशेष अस्पताल बन्ने भएको छ । मेची अस्पतालको निर्माणाधीन भवनमा एक सय बेडको अस्पताल बनाउने निर्णय भएको हो । जिल्ला रेडक्रस सोइसाइटी, झापाका सभापति लोकराज ढकालले कोरोना क्राइसिस म्योनेजमेन्टको जिल्लास्तरीय समितिले यो निर्णय गरेको अनलाइनखबरलाई बताए । उनले भने, ‘उपचारका लागि प्रयोगशाला बनाउने कार्य आइतबारबाटै सुरु हुँदैछ । यसका […]

झापामा कसरी थपिए एकै दिन २३ संक्रमित ?

८ जेठ, झापा । अघिल्लो सातासम्म कचनकवल गाउँपालिकामा न कोरोना संक्रमित थिए, न क्वारेन्टाइनमा बस्नेहरु । तर, जब भारतमा रेल्वे सेवा सुरु भयो, सीमा जोडिएको यो गाउँपालिकामा घर फर्किने मजदुरहरु आउन थाले । यसरी सीमा क्षेत्र नजिकै आइपुगेका ३३ जनालाई स्थानीय जनप्रतिनिधिको रोहबरमा उद्धार गरियो र, पथरिया माविको क्वारेन्टाइनमा राखियो । उनीहरुको थ्रोट स्बाव संकलन […]

झापाको कचनकवल गाउँपालिका सिल

८ जेठ, काठमाडौँ । झापाको कचनकवलमा ३३ जना कोरोना संक्रमित भेटिएपछि गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हाे । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा […]

झापाका १५ कोरोना संक्रमित पनि भारतबाटै आएका थिए

८ जेठ, झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् […]

१० जनामा कोरोना भेटिएपछि कचनकवलका ५ वडा सिल

७ जेठ, झापा । जिल्लाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना संक्रमित भएसँगै ५ वडा मंगलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, […]

झापाका संक्रमितलाई नाकाबाटै लगिएको थियो क्वारेन्टाइन

६ जेठ, विराटनगर । मंगलबार एकै पटक कोरोना संक्रमण पुष्टि भएका झापाका ९ जना हालै भारतबाट नेपाल प्रवेश गरेकाहरु रहेको पाइएको छ । सोमबार कचनवल गाउँपालिका ३ पथरीयाका एक युवकमा कोरोना देखिएको थियो, ती युवक भारतबाट आएका थिए । मंगलबार संक्रमण पुष्टि भएकाहरु पनि भारतबाट नै आएका हुन् । ‘चोरबाटो नेपाल प्रवेश गर्न खोज्दा पाठामारीबाट […]

झापामा थपिए अर्का काेराेना संक्रमित

५ जेठ, काठमाडौं । नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको अनलाइनखबरलाई बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या […]

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले […]

झापाको सीमावर्ती भारतीय क्षेत्रमा दुई सय नेपाली, स्वदेश ल्याउन थालियो पूर्वतयारी

१४ वैशाख, बनियानी । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । ‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्,’ सभापति […]

कोरोना संक्रमण देखिएसँगै दमकमा उच्च सतर्कता, सबैलाई घरमै बस्न मेयरको आग्रह

१२ वैशाख, काठमाडौं । झापाको दमकका ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । दमक नगरपालिकाले सतर्कता अपनाउन र घरमै बसिदिन नगरवासीसँग अनुरोध गरेको छ । मेयर रोमनाथ ओलीले अनलाइनखबरसँग भने, ‘एक जनामा संक्रमण देखिएको छ, हामीले कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्य थालिसकेका छौं ।’ एक महिना अघि यूएईबाट आएका […]

झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण

१२ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।   उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । […]

झापाका मस्जिद उच्च निगरानीमा, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण

झापा । उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ । विर्तामोड र दमक नगरपालिकामा रहेका दुई जमादमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन् । उनीहरुमध्ये १८ भारतीय नागरिक हुन् । जमादमा भारतीय धर्मगुरु बस्ने हुँदा कोरोनाको सङ्क्रमण हुनसक्ने […]

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन

४ वैशाख, विराटनगर । र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीमा युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए । यसअघि […]

लागूऔषध तस्करका अनेक काइदा : फूलकोपीबाट ब्राउन सुगर बरामद

२१ फागुन, झापा । झापामा प्रहरीले लागूऔषध ओसारपासरविरुद्धको कारबाहीलाई व्यापक बनाएको छ । यद्यपि, कारोबारीले तस्करी गर्न छाडेका छैनन् । बरु नयाँ शैली अपनाएर तस्करी गर्ने कोशिश गरिरहेका छन् । बुधबार प्रहरीले यस्तै नयाँ शैली प्रयोग गरेर लागूऔषध भित्र्याउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र […]

होटलमा निगरानी बढेपछि फ्ल्याट नै भाडामा लिएर यौन धन्दा

१० फागुन, झापा । पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा प्रहरीले निगरानी बढाएपछि फ्ल्याट नै भाडामा लिएर यौन धन्दा सञ्चालन गर्न थालिएको छ । मेचीनगर नगरपालिका–७, प्यारीभिट्टामा चार तले घर भाडामा लिएर यौनजन्य गतिविधि चलाउने गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यसमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा […]

क्यान्सर पीडित लागूऔषध कारोबारमा संलग्न !

९ फागुन, झापा । क्यान्सर जस्तो गम्भीर रोग लागेर ‘जटिल चरण’मा पुगेका बिरामी लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले विशेष सुराकीका आधारमा चेकजाँच गर्दा पक्राउ परेका मेचीनगर–१०, टिकापुरका ३८ वर्षीय हिरालाल राजवंशी क्यान्सर रोगी रहेको खुलेको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार […]

परीक्षामा धाँधलीको धन्दा

१ माघ, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको आँगनमा २०७५ वैशाखका पाँच बिहानीहरूमा परीक्षामा निरीक्षक माधव नेपालले लगातार जे देखे, त्यो उनको स्मृतिमा अझैं ताजै छ । त्योबेला लक्ष्मी माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा कक्षा ११ को परीक्षा हुँदै थियो । त्यहाँ विभिन्न विद्यालयका ८ सयभन्दा बढी परीक्षार्थीहरू सहभागी थिए । लक्ष्मी माध्यमिक […]

प्रहरी हौं भन्दै नगद असुल्ने २ जना पक्राउ

२८ पुस, काठमाडौं । झापामा प्रहरी हौं भन्दै नगद असुली गर्ने दुई जना पक्राउ परेका छन् । बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग रकम असुल्ने गौरीगञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र वडानम्बर ३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले प्रदेश प्रहरी कार्यालय विराटनगरका सीआईबी प्रहरी हौं भनी ७ […]

प्रधानमन्त्रीकाे गृहनगरमा प्रगतिशीलकाे हार

२२ भदौ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भएको उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले प्रगतिशील व्यवसायीको समूहलाई पराजित गराएको छ । अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी बने । उनले १४११ मत प्राप्त गरे भने प्रतिद्वन्दी नेकपा निकट प्रगतिशिल समूहका विमल खतिवडाले ९१६ मत […]

ब्लू बुकमा पैसा च्यापेर प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

१६ असार, झापा । झापाको भद्रपुर–१०, एसपी मोड अगाडि प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–५ का ३१ वर्षीय उमाकान्त राजवंशी छन् । जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दिनेशराज मैनालीका अनुसार ना २ ख ८३६० नम्बरको ट्रक चालक राजवंशीले ड्यूटीमा खटिएका प्रहरी जवान राजु राजवंशीलाई घुस […]

प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ !

१५ असार, झापा । आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । […]