Comments Add Comment

झापा

List Grid
व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए अभियुक्त

२३ साउन, झापा । अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् । तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला […]

झापामा जंगली हात्तीको आक्रमणबाट एकजना मृत्यु   

२३ साउन, दमक । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एकजनाको मृत्यु भएको छ ।मृत्युहुनेमा कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए । उनका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका […]

मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’

१२ साउन, झापा । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए । […]

झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

११ साउन, झापा । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने कन्ट्याक ट्रेसिङ पनि थालिएको छ ।

झापाको सिमसार क्षेत्रमा तीन बालक मृत भेटिए

८ साउन, झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् । मृतकमध्ये तामाङको […]

झापामा पहिरोले घर पुरिँदा एक जनाकाे मृत्यु, तीन घाइते

७ साउन, झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको छ […]

झापाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, २ जना प्रहरी घाइते

४ साउन, विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई […]

बाढीबाट विस्थापितलाई घर बनाइदिन नगरपालिका र स्थानीय एकजुट

४ साउन, झापा । कनकाई नदीमा आएको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारले पक्की घरमा बस्न पाउने भएको छ । शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले घर बनाइदिने भएको हो । शिवसताक्षी नगरपालिका–११ स्थित बच्चाबरमा निर्माण सम्पन्न जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए । […]

झापामा मास्क नलगाइ हिँड्ने एक हजार ६८ जना कारबाहीमा

२८ असार, झापा । जिल्ला प्रहरी कार्यालय, झापाले मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार ६८ जनालाई कारबाही गरेको छ । सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ हिँडेका उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार विभिन्न ठाउँमा राखिएका […]

बाढीमा परेर झापामा एक जनाको मृत्यु

२८ असार, झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेश छन् । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउने […]

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

२३ असार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले […]

भारतीयलाई नागरिकता बनाइदिएको घटनामा फरार अधिकृत पक्राउ

२१ असार, झापा । झुठो विवरण पेश गरेर विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोग लागेका एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरेको हो । झापाका एसपी कृष्ण […]

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

२१ असार, काठमाडौं । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, […]

बिहेमा एउटा पास लिएर दुई वटा गाडी लैजाँदै हुनुहुन्छ ? प्रहरीले समात्ला !

१८ असार, झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो । बेहुलीको घर पुग्न करिब ४१ किलोमिटर वर इलाका प्रहरी कार्यालय, झिलझिलेले ना १ ज ८८८५ नम्बरको माइक्रोलाई रोक्यो । त्यसअघि कतै पनि उनीहरुलाई रोकिएको थिएन । यादवका अनुसार उनको […]

अध्यक्ष हिँडेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित   

१२ असार, भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि २९ करोड ६४ लाख ७३ हजार रुपैयाँको वार्षिक बजेट पारित भएको जानकारी दिए । उनले यही असार १० गते गाउँपालिकाको […]

झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि 

९ असार, विराटनगर । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १४ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । उनीहरु […]

झापामा नागरिक स्तरबाट पीसीआर ल्याब बन्दै

७ असार, झापा । झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा नागरिकस्तरबाट पीसीआर ल्याब स्थापना हुने भएको छ । एकका लागि एक अभियानमार्फत रकम संकलन गरी कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापना गर्न लागिएको हो । कोटिहोममा रहेको समर्पण भवनको दुईवटा कोठामा ल्याब सञ्चालन गर्ने तयारी गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । आइतबार बिर्तामोडमा बसेको […]

झापामा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

१ असार, झापा । झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन्। प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका बेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका […]

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

३० जेठ, झापा । झापाको दमक–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार अर्जुनधारा–८ का १४ वर्षीय आयुस राईको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार राई मे १ च ५२९६ नम्बरको पिकअपमा काम गर्थे । र, सोही गाडीबाट सामान अनलोड गर्ने […]

झापामा थपिए पाँच संक्रमित, संक्रमित संख्या २१ सय नाघ्यो

२० जेठ, विराटनगर । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य […]

घर पठाउन माग गर्दै कचनकवलको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित

२० जेठ, काठमाडौं । आफूहरुलाई छिटो घर पठाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् । पहिले आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । अहिले लक्ष्मीप्रसाद देवकोटा […]