५ माघ, काठमाडौं । रास्वपाले झापाको पाँच वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । रास्वपाले झापा प्रतिनिधिसभा क्षेत्र- १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाह (बालेन)लाई टिकट दिएको छ ।
बालेन काठमाडौं महानगरबाट राजीनामा दिएर टिकट लिएका हुन् । उनी रास्वपाको वरिष्ठ नेतासमेत हुन् । राना निवर्तमान उपसभामुख हुन् । डाँगी यसअघि समानुपातिक सांसद थिइन् । पाठक रास्वपा जिल्ला सभापति हुन् । अघिल्लो चुनावमा पनि उनी उम्मेदवार थिए ।
ढकाल रास्वपा जिल्ला सचिव हुन् । ‘झापाको पाँच वटै क्षेत्रको उम्मेदवार टुंगिएको छ । बालेन पनि झापाबाटै चुनाव लड्न आउँदै हुनुहुन्छ,’ जिल्ला सभापति पाठकले भने । बालेनले एमाले अध्यक्ष केपी ओलीसहितसँग प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिक्रिया 4