७ फागुन, झापा । पत्रकार मदन राजवंशी दुई दशकभन्दा लामो समयदेखि झापा, मोरङ लगायत ठाउँबाट रिपोर्टिङ अनि विश्लेषण गर्दै आएका छन् । झापा ५ मै पर्ने गौरीगन्ज निवासी राजवंशीले यहाँको गाउँ शहर, वृद्ध युवा, पहुँचयुक्त अनि ग्रामीण सबै क्षेत्रका मतदाताको मुड के छ भन्ने आकलन गर्दैै अनलाइनखबरलाई यो अन्तर्वार्ता दिएका छन् ।
अनलाइनखबरका बसन्त बस्नेतले राजवंशीसँग गौरीगन्जको पेरुवाखोपीस्थित सन्थाल बस्तीमा यो अन्तर्वार्ता गरेका हुन्, जसमाउनले झापा ५ मा यसअघि जित्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली, अनि उनलाई चुनौती दिइरहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिष्पर्धा अवस्था के छ भन्ने विश्लेषण गरेका छन् ।
उनले केपी ओलीका पछिल्ला अभिव्यक्तिको लाभ बालेन्द्र शाह लगायत अरु उम्मेदवारलाई हुन सक्ने बताए । साथै आदिवासी बस्तीहरुले चुनावलाई कसरी हेरिरहेका छन्, उनीहरुको शिक्षा स्वास्थ्य रोजागरी जस्ता क्षेत्रमा कस्ता अपेक्षा छन् भन्नेबारे पनि यो कुराकानी केन्द्रित छ ।
प्रतिक्रिया 4