+
+
Shares

व्यवसायीले एक सातामै बढाए अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ 

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचन चहलपहल, सीमा क्षेत्रमा गरिएको निगरानी र विद्यालयहरू पुन: सञ्चालनमा आउनुले अन्डा खपत बढाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले चुनावी सरगर्मी र बजार माग बढेसँगै अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँले बढाएको छ।
  • अब एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ तोकिएको छ, जुन ४ माघको ४ सय ८० रुपैयाँभन्दा बढी हो।
  • संघ अध्यक्ष विनोद पोखरेलले निर्वाचन चहलपहल, सीमा निगरानी र विद्यालय पुनः सञ्चालनले अन्डा खपत बढाएको खुलाए।

११ माघ, काठमाडौं । देशभरि चुनावी सरगर्मी बढ्दै जाँदा बजारमा अन्डाको मागमा उच्च वृद्धि देखिएको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले भाउ बढाएको छ ।

संघले आजदेखि लागु हुने गरी एक साता अवधिमा अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ बढाएको हो ।

नयाँ दर अनुसार अब एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ तोकिएको छ । ४ माघमा एक्सएल अन्डाको भाउ ४ सय ८० रुपैयाँ थियो ।

ठूलो अन्डा एक क्रेटको फार्म मूल्य ४ सय ९५ रुपैयाँ तोकिएको छ । यसअघि उक्त अन्डाको भाउ ४ सय ६५ रुपैयाँ थियो । यस्तै मध्यम आकारको अन्डाको भाउ पनि ४ सय ४५ बाट बढेर ४ सय ७५ रुपैयाँ पुगेको छ ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचन चहलपहल, सीमा क्षेत्रमा गरिएको निगरानी र विद्यालयहरू पुन: सञ्चालनमा आउनुले अन्डा खपत बढाएको हो ।

यसअघि गत मंसिरमा अन्डाको भाउ अहिलेसम्मकै महँगो प्रतिक्रेट ५ सय ६५ रुपैयाँसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?