+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

एक सातामै प्रतिक्रेट ४० रुपैयाँ बढ्यो अन्डाको भाउ, अझै बढ्ने  

नेपाल लेयर्स कुखुरापालक संघले भोलि शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ प्रतिक्रेट ४० रुपैयाँले बढाएर एक्सएल ५६०, ठूलो ५४५ र मध्यम ५३० रुपैयाँ तोकेको छ।
  • संघ अध्यक्ष विनोद पोखरेलले भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपत वृद्धिका कारण किसानले राहत महसुस गरेको बताए।
  • नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने र जाडो याममा अन्डा उपभोग बढ्ने भएकाले मूल्य अझै बढ्ने सम्भावना रहेको छ।

१२ मंसिर, काठमाडौं । एक साता नबित्दै अन्डाको भाउ फेरि बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले भोलि शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।

संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै एक्सएल अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ पुगेको बताए ।

अध्यक्ष पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ४० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।

यसअघि संघले ७ मंसिरदेखि लागु हुने गरी एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको ५ सय ५ र मिडियम अन्डाको ४ सय ९० रुपैयाँ तोकेको थियो ।

नेपाली अन्डाको बजार मूल्यमा हाल देखिएको वृद्धिले किसानहरू उत्पादन लागतमात्र उठाउन सक्ने अवस्थामा पुगेको अध्यक्ष पोखरेलको भनाइ छ ।

उनले भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपतमा वृद्धिका कारण किसानले राहत महसुस गरेको बताए ।

‘उत्पादनमा कमी, भारतीय अन्डाको मूल्यवृद्धि, खपतमा वृद्धि, विद्यालय र कलेजहरू खुल्नु र जाडो याममा अन्डा उपभोग बढ्नु पनि यसको मुख्य कारण हो,’ उनले भने, अन्डाको मूल्य अझै बढ्ने सम्भावना छ ।’

अध्यक्ष पोखरेलका अनुसार भारतीय अनडाको भाउ एक महिनाअघिको तुलनामा प्रतिक्रेट १ सय ५० रुपैयाँले बढेको छ । पहिले नेपाली अन्डाभन्दा भारतीय अन्डा सस्तो भए पनि अहिले भारतीय अन्डा महँगो भएकाले आयात भएको छैन ।

जाडो महिनामा अन्डा खपत बढ्ने भएकाले पनि बजारमा माग सिर्जना भएको उनको भनाइ छ ।

हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?