+
+
Shares

अन्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते ११:३७

२६ माघ, काठमाडौं । अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो ।

संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।

नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम भएको संघले जनाएको छ ।

यसअघि २२ माघमा ठूलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँ रहेको थियो । ११ माघमा ठूलो अन्डा ४ सय ९५ र मिडियमको ४ सय ७५ पुगेको थियो ।

संघका अध्यक्ष पोखरेलले भारतीय सेतो अन्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण अन्डाको भाउ घटेको बताए ।

‘भारतीय सेतो अन्डा पनि अहिले ठूलो परिमाणमा आउन थाल्यो, प्रशासनले अनुगमन गर्न भ्याएको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘भारतीय अन्डासँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं, त्यताबाट सस्तो अन्डा भित्रिएपछि हामीले पनि सस्तो बेच्न पर्यो ।’

गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च भएको थियो । उक्त समय फार्ममा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६५ र मिडियमको ५ सय ५० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?