+
+
Shares

रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते

सूर्य प्रकाश बुढामगर सूर्य प्रकाश बुढामगर
२०८२ माघ २६ गते १०:५३

२६ माघ, रोल्पा । रोल्पा नगरपालिका–३ गोठमारेमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माका अनुसार रोल्पा नगरपालिका ३ गोठमारेकी २६ वर्षीया गायत्रा खड्का केसी, गायत्राकी २ वर्षीया छोरी रिहाना र सोही ठाउँ निवासी २३ वर्षीया निम कुमारी घर्तीको अवस्था गम्भिर छ ।

निम कुमारी घर्तीकी ५ वर्षीया छोरी तेरिया, सोही ठाउँ निवारी ४५ वर्षीया पम्फा थापा र ६५ वर्षीय खिम बहादुर खत्रीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक गोठमारेका ३८ वर्षीय दुर्गा बहादुर केसीको अवस्था सामान्य छ ।

आइतबार राति करिब १ बजेको समयमा चालक बाहेक ६ जना घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लिवाङबाट गोठमारे तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ह १७५७ नम्बरको अटो आफैं अनियन्त्रित भएर गएराति ८:४५ बजे दुर्घटना भएको थियो । अटो सडकबाट करिब ५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?