
३० असार, काठमाडौं । झापा र रुपन्देहीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा करेन्ट लागेर ५३ वर्षीय पुष्प पोखरेलको मृत्यु भएको छ ।
आइतबार राति आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।गम्भीर घाइते अवस्थामा उनलाई नजिकै रहेको विएण्डसी अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा आइतबार मृत्यु भयो ।
यसैबीच रूपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवा बस्ने २५ वर्षीय अनिलप्रसाद मौर्यको पनि आइतबार राति करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको टेबल पंखामा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनामा प्रहरी विस्तृत अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4