
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीलाई हात्तीले आक्रमण गरेको थियो।
- अमिनालाई गम्भीर घाइते अवस्थामा विराटनगरको न्युरो अस्पताल भर्ना गरिएको थियो र उपचारका क्रममा उनको मृत्यु भएको छ।
- ३५ वर्षीया बन्दना राजवंशी हात्तीको आक्रमणबाट भागेर ज्यान जोगाएकी छन्।
२९ असार, विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा १ जना महिलाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा पानी लगाउन गएका बेला अमिनालाई हात्तीले आक्रमण गरेको थियो ।
पैनीबाट पानी ल्याउने हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4