२९ कात्तिक, सुरुङ्गा (झापा) । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक ज्येष्ठ नागरिक जलेको अवस्थामा भेटिएका छन् ।
शनिबार राति करिब ११ : ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारी घरबाहिर आगनमा शरीरमा आगोले जलेको अवस्थामा फेला परेका थिए ।
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।
परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए । केही महिना अघिमात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराएका थिए ।
प्रतिक्रिया 4