+
+

झापामा एक जनाको हत्या, छिमेकी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते ८:३५

२ मंसिर, काठमाडौं । झापामा एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।

बाह्रदशी गाउँपालिका-५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पुरानो रिसइबीका कारण राजवंशीले माझीलाई आक्रमण गरेका थिए । माझीलाई बी एण्ड सी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?